शाहरुखकी छोरी सुहाना खानको अलिबाग जग्गा खरिद कानुनी विवादमा | Khabarhub Khabarhub

शाहरुखकी छोरी सुहाना खानको अलिबाग जग्गा खरिद कानुनी विवादमा


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका बादशा  शाहरुख खानकी छोरी सुहाना खान हाल आफ्नो जग्गा खरिद प्रकरणले विवादमा परेकी छन् ।

महाराष्ट्र सरकारले किसानलाई खेतीपातीका लागि उपलब्ध गराएको अलिबागस्थित थाल गाउँको जग्गा सुहानाले खरिद गरेपछि कानुनी प्रश्न उठेको हो ।

महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार केवल किसान वा किसान परिवारसँग सम्बन्धित व्यक्तिले मात्र कृषि भूमि खरिद गर्न पौने नियम रहेको छ ।

गैर-किसानले यस्तो जग्गा किन्नु अघि कलेक्टरको स्वीकृति आवश्यक हुन्छ । तर, आरोप अनुसार सुहानाले अनुमति नलिई जग्गा खरिद गरेकी हुन् ।

भारतीय मिडिया अनुसार, सुहाना खानले यो विवादित जग्गा मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट करिब १२.९१ करोड भारतीय रुपैयाँमा खरिद गरेकी थिइन् । उक्त खरिदका लागि उनले झण्डै ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क पनि तिरेकी थिइन् । 

सम्पूर्ण कारोबार २०२३ मे ३० मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत सम्पन्न भएको बताइएको छ । तर, कागजी प्रक्रिया पूरा नगरेको र कलेक्टरको स्वीकृति नलिएको आरोप सुहाना माथि लगाइएको छ ।  

मुम्बई प्रहरीका आवासीय अधिकृतले यस सम्झौताको पूर्ण विवरण बुझ्नका लागि अलिबाग तहसीलदारसँग प्रतिवेदन मागेका छन्। यदि खरिदबिक्रीमा अनियमितता प्रमाणित भएमा कानुनी कारबाहीको सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ४९ बजे

बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते

काठमाडौं– जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त

बैतडीमा बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द– बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु

प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल

काठमाडौं– जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।

जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

काठमाडौँ- जेन-जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू