अर्घाखाँचीको सन्धिखर्कमा दुर्घटना, ३ को मृत्यु ५ घाइते | Khabarhub Khabarhub

अर्घाखाँचीको सन्धिखर्कमा दुर्घटना, ३ को मृत्यु ५ घाइते


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्घाखाँचीको सन्धिखर्कमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको स्कोर्पियो सन्धिखर्च–६ रातमाटामा दुर्घटनामा परेको हो ।

८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी दाङका लमही– ५ का ५१ वर्षका घनश्याम खनाल र उनकी श्रीमती श्यामकला खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जनाको सनाखत हुन बाँकी छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ४४ बजे

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न