रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु  « Khabarhub

रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सोमबारदेखि हकप्रद सेयर निष्काशन खुला गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको सय प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिसेयर सय रुपैयाँ अङ्कित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन पाउँछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ०० बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक