देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन  « Khabarhub

देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन 


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा युवाहरूले देशैभरीका मुख्य सहरमा प्रदर्शन गरेका हुन् ।

युवाहरूले राजधानी काठमाडौँ बाहेक इटहरी, नेपालगन्ज, बुटवल, पोखरा, कञ्चनपुर, विराटनगर, हेटौँडा लगायतका मुख्य सहरहरूमा यतिबेला प्रदर्शन गरिरहेका छन् ।

‘नेपो बेबिज’ नारामा जेनजी पुस्ताले गरेको प्रदर्शन राजधानीमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा कर्फ्यु लगाएको छ ।

बुटवलमा हजारौँ युवाहरूले यतिबेला मोटरसाइकल र्‍याली सहित प्रदर्शन गरिरहेका छन् भने पोखरामा पनि हजारौँको सङ्ख्यामा युवाहरू सडकमा उत्रिएको देखिन्छ ।

कञ्चनपुरमा प्रदर्शन गरेका युवाले बिपिन जोशीको रिहाइको माग सहितका नारा लगाएका छन् भने दाङको घोराहीमा पनि हजारौँ युवा सडकमा निस्किएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : ३२ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर