जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता « Khabarhub

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त भएपछि नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान स्थगित गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेर यस्तो निर्णय लिएको हो । 

बैठकले जारी ‘जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ स्थगित गर्दै मंगलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाले स्तब्ध र गम्भीर बनाएको माओवादीले जनाएको छ । 

प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली दिनुका साथै माओवादीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न माओवादीले सरकारसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : ३६ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६