आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् « Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन कृष्ण पक्षको तृत्तिया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १० तारिख। आज तृत्तिया श्राद्ध।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : १५ बजे

एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै

झापा– नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं– आज ‘विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय’ दिवस हो ।

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?

काठमाडौं – कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले

विश्वकप : अभ्यासमा व्यस्त नेपाल, बिहीबार इटालीसँग भिड्दै

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले