धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते « Khabarhub

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ ।

सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर र पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ ।

जिल्ला कारागारबाट आन्दोलन गरी भाग्न खोज्ने कैदीहरूलाई नेपाली सेनाले रोक्नका लागि गोली प्रहार गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेन-जी आन्दोलनको मौका छोपी बुधबार नख्खु कारागारबाट निस्किएका थिए । त्यसपछि देशभरका कारागारका कैदीबन्दीले ‘रविलाई छाडेको पुलिसले आफूहरूलाई पनि छाड्नुपर्ने’ भन्दै जेल तोड्ने प्रयास गरिरहेका छन्‌ ।

धादिङ कारागारका कैदीबन्दीले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्न खोजेका थिए । एकाबिहानै जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको थियो ।

कारागार परिसरभित्रै कैदीबन्दीले आगजनी गरेका थिए । कैदीबन्दी छुटाउने उद्देश्यले कारागार बाहिर पनि हुलहुज्जत भएको थियो ।

तर, परिसरबाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । कारागारको छतमा पनि प्रहरी तत्कालै पुगेका थिए ।

मङ्गलबार रातीदेखि नै मुलुकको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाको ठूलो डफ्फा कारागार परिसरमा तैनाथ गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ५५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते