जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी | Khabarhub Khabarhub

जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी समूहको जुम बैठक अहिले चलिरहेको छ। जेनजीको पुस्ताको यस भर्चुअल बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्तामा जाने व्यक्तिहरूबारे कुनै गन्ध आउनु नहुने माग उठेको छ ।

बैठकमा जेन-जी पुस्ताले आफ्नो स्पष्ट परिचय राख्नुपर्ने र कुनै राजनीतिक दलसँग आवद्ध भएको युवा वार्तामा जान नहुने अडानसहित छलफल भइरहेको छ ।

छलफलमा सर्वस्वीकार्य एजेन्डा हुनुपर्ने र नेतृत्व पनि सबैले पत्याउन सक्ने हुनुपर्ने बताइरहेका छन् ।

उनीहरूले वार्तामा जानका लागि टोली छान्न ढिलो गर्नु नहुने र छानिएको व्यक्तिले स्पष्टसँग मर्यादित भएर आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरिरहेका छन् ।

प्रधान सेनापति सिग्देलले राष्ट्रिय प्रजातन्त्र पार्टी रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको दाबी आएपछि उनीहरूले यस्तो कुराकानी गरेको हुनसक्ने अनुमान छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : ३९ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला