अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन « Khabarhub

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

‘अन्तरिम सरकार गठन गर्न अविलम्ब संसद् विघटन गर्न माग’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम चुनावी सरकारको नेतृत्व दिनुपर्नेमा समर्थन गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले जेन–जीले अघि सारेको प्रस्तावलाई पूर्ण समर्थन जनाएको जानकारी दिएका हुन्। उनले युवा पुस्ताको सुझबुझ, विवेक र एकतालाई सम्मान गर्दै देश नयाँ चुनावतर्फ अघि बढ्नुपर्ने बताए।

“देश अहिले फरक परिस्थितिबाट गुज्रिरहेको छ। अब अन्तरिम सरकार बन्नेछ, जसको मुख्य काम चुनाव गराउनु र देशलाई नयाँ जनादेश दिलाउनु हो। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्ने प्रस्तावलाई म पूर्ण समर्थन गर्दछु,” मेयर शाहको स्टाटसमा उल्लेख छ।

शाहले तत्काल नेतृत्वमा आउन चाहनेहरूलाई जोश र इमानदारीतालाई दीर्घकालीन रुपमा उपयोग गर्न सुझाव दिएका छन्। उनले भनेका छन्, “तपाईँहरूको योगदान देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव हुनेछ, कृपया हतार नगर्नुहोस्।”

त्यसैगरी उनले राष्ट्रपति समक्ष संसद विघटन गरी अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्। जेन–जीको ऐतिहासिक आन्दोलनले ल्याएको परिवर्तनलाई संरक्षण गर्न यस कदम आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : २६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२