पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’ « Khabarhub

पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले नेपालको संविधानमा केही कमजोरी रहे पनि मुलुकको राजनीतिक परिवर्तित अवस्थामा त्यसलाई जोगाएर सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’ भन्दै अहिले नै संविधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले मुलुकलाई घातक मार्गमा लैजाने दाबी गरेका छन् ।

उनले लेखेका छन्– ‘अहिले हामीसँग संविधान छ । संसद भंग भएपनि संविधान रहेसम्म राष्ट्रपति र सभामुख रहन्छन् । संविधानमा अध्यादेशबाट संशोधन गरेर सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ । अतः केही मानिसले अहिले नै संविधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले राष्ट्रलाई घातक मार्गमा लैजाने छ । तेसो भयो भने हाम्रो डुंगा पल्टिने छ।’

डा. संग्रौलाले जेन–जी पुस्तासहित सम्पूर्ण नेपालीलाई गम्भीर भएर सोच्न आग्रह गर्दै संविधान जोगाउनु पहिलो अभिभारा रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– केही बाहिरी शक्ति यो संविधान आउनै नदिने पक्षमा थिए । तर पनि यो आयो । ठूलो दबाबका माझबाट आएको हुँदा यसमा धेरै गल्ती भए । अतः सच्याउने कुराहरु धेरै छन् । त्यो अब हुने निर्वाचनपछि बन्ने संसदले गर्नेछ र त्यसले अहिलेको पुस्ताको प्रतिनिधित्व पनि गर्नेछ। तसर्थ अहिले संविधान खारेज गर्नु भनेको जेन–जी को होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो।’

उनले हामी सबै उर्लिँदो भलबाडीमा डुंगा को यात्रामा रहेको उल्लेख गर्दै डुंगा जोगाउन सकेनौँ भने हाम्रो यात्रा र ज्यान दुवै सकिने बताएका छन् । उनले भने, ‘यो डुंगा हाम्रो देश हो। हामीले सतर्क हुनुपर्छ।’

जेन–जीको आन्दोलनलाई संदिग्ध मानिसहरुले हाइज्याक गरेर लुटपाटमा बदलेको उनको ठम्याइ छ । उनले जेन–जीको आन्दोलनमा व्यापक घुसपैठ भएको भन्दै सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय लगायत जलाएर देशलाई बर्बाद पार्ने तत्वले संविधान नै मास्ने योजना बनाइरहेकाले यसतर्फ सचेत हुन आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ‘अहिले हामीसँग केही छैन । सिंहदरबार जलाइयो, संसद जलाइयो, सर्वोच्च अदालत पनि जलाइयो । प्रहरी कार्यालयहरु सबै जलाइए । अर्थात देशलाई बर्बाद पार्ने तत्वको व्यापक घुसपैठ भएको थियो । यसबाट हाम्रो देशका विरुद्ध कोही सक्रिय भएको छ । यो कुरा हामीले दिमाखमा राखेर मात्र सबै कुरा सोच्नु पर्छ ।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ९ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर