महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न  « Khabarhub

महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो सम्पत्ति जलेको सहने बताएका छन् । उनले सामाजिक सञ्जालमा हाम्रो सम्पत्ति जलेको सहुँला, जित कोसले हात पार्‍यो, मतलब भएन, तर देश हार्न हुँदैन । सबै सचेत बनौँ भन्दै लेखेका छन् । 

उनले पुरानो दलको ठूलो कमजोरी भएकोसमेत स्वीकार गरेका छन् । ‘पटक–पटक भएका आन्दोलन र परिवर्तनहरूले विकास र समृद्धि ल्याएका हुन, जनताको जीवनस्तर सुधारिएकै हो। तर भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, विकृति हटाउन नसक्नु पुरानो दलको ठूलो कमजोरी रह्यो ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले भने, ‘जेनजीको आन्दोलन नियन्त्रण बाहिर गएको अवस्थाले बिसौँ खर्वको देश र जनताको संरचनाको भौतिक क्षति हजारौँ जेल जीवन बिताएका कैदीहरू भगाउने नियोजित प्लान सफल भयो र सर्वोच्च अदालत र अख्तियार जलाएर ठूला भ्रष्टाचारीलाई बच्ने अवसर दियो ।’

अब बन्ने अन्तरिम सरकारले ऊर्जा, जोस–जाँगर भएका, तर भ्रष्टाचारको कलंक नलागेका नेताहरू र सरोकार बालाहरूलाई अघि सारेर पुनर्निर्माणको व्यापक अभियान चलाउनु पर्ने बस्नेतले बताए । 

उनका अनुसार राज्यको संयन्त्र जति सक्दो छिटो सुचारु गर्न पर्दछ । लोकतन्त्र, संविधानवाद, विधिको शासन, स्वतन्त्र न्यायपालिका जस्ता आधारभूत मान्यतामाथि कुनै हालतमा चोट पुग्न दिनु हुँदैन । किनकि विदेशी योजनामा अराजक भिड परिचालन गर्नेहरूले जिते भने देश हार्ने छ ।

‘हिजो सत्ताले विवेक गुमायो,अनियन्त्रित आन्दोलनकारीले विवेक गुमाए, देश ध्वस्त बनाए । यो जटिलतामा विवेक पुर्‍याउन सकिएन भने विदेशी हस्तक्षेप बढाउने र राजतन्त्र पुनः स्थापित गर्ने षड्यन्त्रको बाटो  खुल्नेछ। लोकतन्त्र समाप्त हुनेछ । त्यस्तो भयो भने हार्ने आखिर देश नै हो । मर्ने हाम्रै सन्तान हुन् । जल्ने नेपाली कै सम्पत्ति हो । हाम्रो सम्पत्ति जलेको सहुँला, जित कोसले हात पार्‍यो, मतलब भएन, तर देश हार्न हुँदैन । सबै सचेत बनौँ । परि आय संघर्ष गर्न तयार होउँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : ५० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको