चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ « Khabarhub

चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न चार राजनीतिक दलका युवा सङ्गठनहरूले विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र मुलुकको आगामी राजनीतिक यात्रा तय गरिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चानिकट युवा सङ्गठनहरूले आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिएका छन् । 

‘हामी विशेष गरेर अबको आगामी राजनीतिक यात्रा यस अघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा प्रस्ट छौँ,’ युवा सङ्गठनहरूले भनेका छन्, ‘जेन–जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ ।’

नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत् प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ । 

चारै सङ्गठनहरूले बिहीबार संयुक्त वक्तव्य जारी गरेर भनेका छन्, ‘आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकालिनु पर्छ भनेर माग गर्दछौँ । मुलुकको यस विषम परिस्थितिमा हामी सम्पूर्ण युवाहरूलाई संयमित र सजग तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशील रहन हार्दिक अपिल गर्दछौँ ।’

जेन–जीको आह्वानमा भएको आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजार बढी घाइते भएका छन् । उनीहरूले भनेका छन्, ‘यो स्तरको मानवीय क्षति अत्यन्तै दुखद, हृदय विदारक र निन्दनीय छ । सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’ 

चारै सङ्गठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन् । ‘हामी जेन–जीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिताप्रति समर्थन जनाउँदछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौँ । भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ ।’

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्त्वले विध्वंस, आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटना गराउने काम जारी राखेको भन्दै उनीहरूले सम्पूर्ण घटनाका निन्दा गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : ५६ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष