अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’ | Khabarhub Khabarhub

अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा सेन्टरको अप्रेशन वार्डमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

उनको बायाँ तिघ्रामा गोली लागेको छ । गोली भित्रै रहेकाले अप्रेशन गरिएको र अझै केहिदिन अस्पतालमै राखिने अस्पतालले बताएको छ । झापाको दमक घर भइ ललितपुरको गोदावरी बस्दै आएका दीपराजले आन्दोलनले यस्तो ठूलो रुप लिन्छ र देशको यो अवस्था हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । जेनजी आन्दोलनबारे नबुझेरै उनी हुलमा मिसिएका मात्रै थिए । अगाडी अगाडी लागेर भिडियो फोटोहरु खिच्दै हिँडिरहेका थिए ।

खबरहबसँग कुरा गर्दै दीपराजले भने, म र मेरो समूह करिब १२ बजे तीनकुनेबाट बानेश्वरतर्फ गइरहेका थियौं । त्यसबेलासम्म संसद भवन वरिपरि ढुङ्गामुढा प्रहार हुन थालिसकेको थियो । त्यो कसले गर्‍यो ? किन गर्‍यो ? मलाई केही पनि थाहा छैन । हामी त शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका थियौँ । सामाजिक सञ्जालमा लाइभ गर्नुपर्छ भनेर म अगाडी अगाडि गइरहेको थिएँ । प्रहरीले त्यहिबेलामा गोली चलाउन सुरु गर्‍यो ।

दिउँसो करिब एक-साढे एक बजेतिर आफ्नो खुट्टामा गोली लागेपछि साथीहरुले अस्पताल लिएर आएको उनले बताए । त्यसपछि के भयो आफूलाई केही पनि थाहा नभएको उनले बताए । ‘हामीले सुरु गरेको आन्दोलनले यस्तो रुप लिन्छ भन्ने त हामीले कल्पना पनि गरेका थिएनौं । सामान्य होला भनेरै अगाडी अगाडी गएका हौं । तर प्रहरीले ताकेरै गोली चलायो ।’ उनले भने ।

त्यस्तै, आन्दोलनकै क्रममा घाइते भएकी लीला अधिकारी पनि ट्रमा सेण्टरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । मोरङ घर भई काठमाडौं बस्दै आएकी लीला पढाइसँगै पार्ट टाइम काम गर्थिन् ।

तर, आन्दोलन भएको दिन भदौ २३ मा उनी काममा नगइ आन्दोलनमा सरिक हुन पुगेर अनाहकमा गोली खाइन् । उनको बायाँ पाखुरामा गम्भीर चोट लागेको छ । लीलासँगै रहेका उनका साथी निर्देशका अनुसार शल्यक्रिया पछि उनी खतरामुक्त रहेपनि निको हुन अझै धेरै समय लाग्ने चिकित्सकले बताएका छन् ।

दीपराज र लीलाजस्तै आन्दोलनका क्रममा घाइते भएका ११ जनाको ट्रमा सेन्टरमा अप्रेशन गरिएको छ । उपचारका लगि ल्याइएका ८ जनाको मृत्यु भइसकेको छ । जम्मा १ सय ६३ जना उपचारका लागि आएकोमा १ सय ३४ जना डिस्चार्ज भइसकेका छन् भने २९ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालको इमर्जेन्सी बाहेकका सवै सेवा बन्द गरिएकोमा धेरै घाइतेहरु डिस्चार्ज भएसँगै ओपीडी तथा अप्रेशनको सेवा सुचारु गरिएको सूचना अधिकारी शिव कुमार निरौलाले जानकारी दिए ।

उनका अनुसार सरकारको निर्णय अनुसार आन्दोलनमा घाइते भएकाहरुको सम्पूर्ण उपचार निःशुल्क गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ५४ बजे

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले