पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार | Khabarhub Khabarhub

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् । 

गत मंगलबार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ परेका छैनन् । बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिए ।

‘गत मंगलबार राति बालसुधारगृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘फरार भएका बालसुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरू नआएको खण्डमा अर्को मुद्दा चल्नेछ ।’

बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बालसुधारगृहबाट भागेका किशोरहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।

 ‘बालसुधारगृहबाट भागेकाहरुको खोजी कार्य तीव्र बनाइरहेका छौँ’, उनले भने, ‘केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ ।’

बुधबार वीरगञ्ज कारागारमा रहेका कैदीहरू भाग्न खोज्दा तीन वटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ५ : १९ बजे

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान

आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले देश कठिन

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये