बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप « Khabarhub

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको भूमिकाको आलोचना गरेका छन् ।

मेयर साम्पाङले बालेनमाथि संकटको बेलामा लुकेर सडकमा आउन नसक्ने डरफोकको संज्ञा दिएका छन् ।

जेन-जीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्क काठमाडौँ आएका छन् । दिएमा उनी आफैँ प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन् । तर उनलाई सेनाले पत्याउने सम्भावना छैन।

उनले बुधबार जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरे । जेन-जी युवाहरूले बोलाएर देशको नेतृत्व लिन काठमाडौँ आएको पनि उनले बताए ।

बिहीबार फेसबुकमार्फत बालेनको नाम नलिई हर्कले कडा आलोचना गरेका हुन् । ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोख, आफूलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास’, उनले भनेका छन् ।

युवा पुस्ताले बालेनलाई सरकारको नेतृत्व लिन सुझाएका छन् । तर, बालेनले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । उनले अहिले प्रधानमन्त्रीको लागि दाबी गरिरहेका हर्कलगायतलाई पाँच वर्षसम्म काम गर्नेगरि तयारी गर्न भनेका छन् ।

बालेन आफैं पनि नयाँ दल खोले राजनीतिमा आउने तयारीमा छन् । उनी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने लोभमा अन्तरिम सरकारमा आउन नचाहेका हुन् ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ५ : ४३ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट