सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ « Khabarhub

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले वर्तमान परिस्थितिलाई गम्भीर भन्दै जंगी अड्डाले नेपालको वास्तविकता र अग्रगमनलाई चुनौती दिएको आरोप लगाएका छन् ।

सांसद सापकोटाले‍ नेपाली सेनाले राष्ट्रिय संकट निम्त्याएको आरोप पनि लगाएका छन्।

‘जस्तोसुकै संकटमा पनि हामी विचलित हुँदैनौँ, नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लडिरहनेछौँ’, उनले भने । सापकोटाले पार्टीका सबै सदस्य र अग्रगमनका पक्षधर नागरिकलाई धैर्य र साहस कायम राख्न आह्वान गरेका छन् ।

सुवोधले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रत्येक दिन जनताबीच ल्याउने प्रयास गरे पनि सुरक्षा खतराको बहानामा जंगी अड्डाले रोकेको दाबी गरे। ‘यो सत्य हो, जंगीअड्डाले उहाँलाई बाहिर निस्कन दिएको छैन,’ उनले भने।

सापकोटाले परिस्थितिलाई आधीबेहरीसँग तुलना गर्दै परिवर्तन र अग्रगमनको पक्षमा माओवादी सदैव अग्रपंक्तिमा रहने विश्वास दिलाए। उनले पार्टी समर्थक र कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ३२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग