आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह  « Khabarhub

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरेको छ ।

पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले गराएका देशविरोधी कार्य, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, निजी सम्पत्ति र नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ।’

पार्टीले हालको संविधान र राजनीतिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने र भावनात्मक बहकाउमा नलाग्न  सबैलाई आग्रह गरेको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमतिअनुसार अघि बढ्नुपर्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन घडीमा धैर्यता, समयानुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ। हामी लोकतान्त्रिक पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौ ।’

गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको संगठनात्मक बैठक मार्फत  अगाडि बढ्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०९ बजे

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक