काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन गर्दा लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको जगमा निकास निकाल्नुपर्ने बताएको छ ।
शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरेर मुलुकको विद्यमान सङ्क्रमणपूर्ण परिस्थितिमा आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको समेत उल्लेख गरिएको छ ।
आयोगले मानव अधिकार लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको अवधारणाको जगमा निकासा निकाल्न उचित हुने धारणा राख्दै राष्ट्रपति समक्ष यो प्रस्ताव राखेको उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपतिबाट मानव अधिकार.लोकतान्त्रिक शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास छ। साथै वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको छ।’

प्रतिक्रिया