‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे « Khabarhub

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’को मागप्रति समर्थन जनाउँदै त्यसलाई संवैधानिक रूपमा पूरा गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ले उठाएका सुशासन, रोजगारी, विकास तथा शासन व्यवस्थाका विषय सम्बोधन गर्न वर्तमान संविधानभित्रबाट सकिने बताए  ।

लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेकाले जेनजी पुस्ताले गरेका माग संविधान संशोधन गरेर पूरा गर्न सकिने बताए ।

लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी देशको राष्ट्रियता कमजोर बनाउने षड्यन्त्रलाई विफल बनाउने विषयमा संवेदनशील हुन आग्रह गर्दै उनले जेनजी पुस्ता, संविधानविद्, नागरिक समाज र राजनीतिक प्रतिनिधिको सामूहिक छलफलबाट अन्तरिम सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता, सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार कायम गर्दै भ्रष्टाचार गर्नेलाई कारबाही गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  २ : ३५ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट