बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल « Khabarhub

बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन अपिल गरेको छ ।

अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा शुकरबार जारी विज्ञप्तिमा ‘जेनजी’ले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएका विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेकाले बाल केन्द्रित भएर अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्थालाई आग्रह पनि गरिएको छ ।

आन्दोलनमा भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनाका साथै विभिन्न अपराधको सजाय भोगिरहेका १३ हजार व्यक्ति जेलबाट बाहिर निस्कनु जस्ता घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्न सिजपले माग गरेको छ ।

‘जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउने बालबालिकाको अधिकार हो । सञ्चारमाध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोसाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुलगायत समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन् । बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ ।’

सबै जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउँदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देशबाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देश मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना तथा बालबालिकालाई समय दिन आग्रह गरिएको छ ।

बाल अधिकार उल्लङ्घनका घटनाहरू र जोखिममा पर्न सक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल ‘हेल्पलाइन’ सेवा १०९८ मा खबर गर्न पनि आग्रह गरिएको छ । 

साथै आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार र अनियमितताविरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधानभित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न पनि अपिल गरिएको छ । 

यसबीचमा बालबालिकाको राष्ट्रिय पर्वका रूपमा मनाइने राष्ट्रिय बाल दिवस भदौ २९ गते पनि ओझेलमा परेकामा सिजपले चिन्ता व्यक्त गरेको छ । रासस

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको