पाँच दिनदेखि शवको पखाईमा परिवार « Khabarhub

पाँच दिनदेखि शवको पखाईमा परिवार


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छ । 

घटनाको पाँच दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।

‘एउटै वडाका दुई होनहार युवालाई जेनजी आन्दोलनमा गुमाउनुपर्दा सिङ्गो वडावासी शोकमा रहेको छ, यतिका दिनसम्म शवसमेत पाउन नसक्दा थप पीडा भएको छ’, वडाध्यक्ष रिजालले भने । 

नेपालगञ्ज–१ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गएको थियो । फिनल्यान्ड जाने तयारीका लागि आयुष भर्खरै मात्र काठमाडौं गएका थिए ।

सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए । वडाका दुई होनहार युवा गुमाउनुपर्दा सिङ्गो वडावासी नै शोकमा रहेको वडाध्यक्ष रिजालले बताए । 

उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बुवा सुशील थापा र सुलभराजका बुवा नरेन्द्र श्रेष्ठ काठमाडौ पुगे पनि छोराको शव घर ल्याउन सकेका छैनन् । छोराको शव घर लैजान नपाउँदा पीडा माथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । 

नेपालगञ्ज–१ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो ।

नेपालगञ्ज–१ का सुलभराज र आयुसको पार्थिव शरीरको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न भइसकेकोले अब छिट्टै आउने आशा गरिएको वडाध्यक्ष रिजालको भनाइ छ । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : १५ बजे

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा