गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले कैदीबन्दीलाई पक्राउ गरेको हो ।

आन्दोलनका कारण प्रदेशभर १ हजार ३ सय एक जना कैदीबन्दी तथा थुनुवा फरार थिए । उनीहरू मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको थियो भने केही आफैँ सम्पर्कमा आएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुल बहादुर कार्कीले बताएका छन् ।  

‘फरार रहेकामा १ सय ६ जना बालबन्दी हुन् भने ८३ जना हिरासतबाट भागेका थुनुवा छन्, स्थानीयले यसरी फरार कैदीबन्दी भेटीएमा नियन्त्रणमा लिन सूचना दिएर सघाउनु होला, उनीहरू आफै आएमा राज्य र उनीहरू दुबैका लागि राम्रो हुनेछ, आफूखुसी फर्किन अनुरोध छ ।’

उनका अनुसार शुक्रबार बिहानसम्म पक्राउ परेका उनीहरूलाई कारागार चलान गरिसकिएको छ । फरार रहेका कैदीबन्दीको खोजी भइरहेकाले स्वःस्फूर्त सम्पर्कमा आउन समेत कार्कीले अनुरोध गरेका छन् ।

मंगलबार जेनजीका प्रदर्शनकारीले कास्की कारागारबाट ८ सय ७९, तनहुँबाट ३ सय २७, पर्वतबाट १९ र म्याग्दिबाट ७६ जना कैदीबन्दीलाई निकालेर भगाएका थिए ।

जेन–जी प्रदर्शनबाट गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, नवलपरासी पूर्व र म्याग्दी जिल्ला बढी प्रभावित बनेका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : १९ बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति