जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त « Khabarhub

जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त बनेका छन् । 

प्रदर्शनकारीको तोडफोड र आगजनीका कारण ८० वटा सरकारी तथा ६३ वटा निजी संरचनामा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुल बहादुर कार्कीले बताएका हुन् ।

‘सबैभन्दा बढी क्षति सरकारी कार्यालय रहेको पोखरामा भयो, मुख्यमन्त्री कार्यालय, प्रदेशसभा बैठक भवन, सचिवालय भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, संसदीय पत्रकार मञ्च ,संसदीय दलका कार्यालय जलाइए, कास्कीमा मात्रै ५३ वटा सरकारी र २२ वटा निजी भवन क्षतिग्रस्त छन्, भौतिक मात्र होइन कास्कीमा मानवीय क्षति पनि भयो, दोलखा घर भएकी एक युवतीको शव जलेको भेटियो, करिब ३० आन्दोलनकारी घाइते भए, ५ जनालाई गोली लाग्यो, उनीहरू मध्ये उपचाररत २ जनाको अवस्था गम्भीर छ, उनले बताए ।’

उनले थपे, ‘ तनहुँमा २१ सरकारी र ९ वटा निजी भवन, पर्वतमा १ वटा सरकारी र ४ वटा निजी भवन, नवलपरासी पूर्वमा ५ सरकारी कार्यालय र २८ निजी संरचनामा क्षति पुगेको छ भने म्याग्दीमा भौतिक तथा मानवीय क्षति भएको छैन ।’ 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : २३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर