यातायात र सडक विभाग भवनको आगो निभाइँदै « Khabarhub

यातायात र सडक विभाग भवनको आगो निभाइँदै


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको भवनमा लागेको आगो दमकलको सहयोगमा निभाउन थालिएको छ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा मंगलबार यी दुई विभागका भवनमा पनि आगजनी गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिए । 

‘अहिले पनि यी भवनभित्र आगो बलिरहेको छ । ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘भवन मात्रै होइन गाडीहरू पनि जलेका छन् । कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन ।’

प्रवक्ता अधिकारीका अनुसार क्षतिको विवरण छिट्टै सङ्कलन हुनेछ । सिंहदरबारका कलात्मक प्रशासनिक भवनहरू आगलागीका कारण खरानीमा परिणत भएका छन् ।

प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा आगजनी गरेका थिए । 

सिंहदरबार पुगेका कर्मचारीले जलेका भवनको सरसफाइ गर्न थालेका छन् । मुख्य सचिव एकनारायण अर्यालले आजै जलेका भवनको स्थलगत अवलोकन गरेका थिए । प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निसाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : १८ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव