आगामी दुई वर्षमा तेलको माग दैनिक १३–१४ लाख ब्यारेलले बढ्ने ओपेकको प्रक्षेपण « Khabarhub

आगामी दुई वर्षमा तेलको माग दैनिक १३–१४ लाख ब्यारेलले बढ्ने ओपेकको प्रक्षेपण


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भियना– पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ओपेकले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको बिहीबार आफ्नो मासिक तेल बजार प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार, सन् २०२५ मा तेलको माग वार्षिक रूपमा दैनिक लगभग १३ लाख ब्यारेलले वृद्धि हुने तथा सन् २०२६ मा दैनिक लगभग १४ लाख ब्यारेलले बढ्ने अनुमान छ, जुन गत महिनाको पूर्वानुमानसँग मेल खान्छ ।

आर्थिक सहयोग तथा विकास संगठन ओइसीडीभित्र तेलको माग वार्षिक रूपमा दैनिक करिब १ लाख ब्यारेलले वृद्धि हुने अपेक्षा गरिएको छ भने ओईसीडी बाहिरको क्षेत्रको माग मुख्य रूपमा अन्य एशियाली देशहरू, चीन र भारतको कारणले दैनिक लगभग १२ लाख ब्यारेलले बढ्ने देखिन्छ। अन्य क्षेत्रहरूमा पनि स्थिर वृद्धि हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२५ को पहिलो आधा वर्षमा आर्थिक गतिविधिमा देखिएको मजबुत गतिलाई मध्यनजर गर्दै, ओपेकले सन् २०२५ का लागि विश्वव्यापी आर्थिक वृद्धिको दर ३ प्रतिशत र सन् २०२६ का लागि ३.१ प्रतिशत कायम राखेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ४६ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही