देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने « Khabarhub

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को प्रसारण रोकिएको छ ।

शोका सञ्चालका तथा निर्देशक बिक्की अग्रवालले शुक्रबार एक सूचना गरी गरी यसबारे जानकारी दिएका हुन् ।

आन्दोलनमा शहादत प्राप्त योद्धाहरुको सम्मानमा कार्यक्रमको प्रसारण रोक्ने निर्णय गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा लेखिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थामा, जहाँ राष्ट्र अत्यन्तै गम्भीर र महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने मोडमा रहेको छ । भ्रष्टाचारविरुद्ध आफ्नो जीवन बलिदान दिनुभएका वीर योद्धाहरूको श्रद्धाञ्जली तथा सम्मानस्वरूप, कमेडी दरबारको सम्पूर्ण टिमको तर्फबाट हामीले यो निर्णय गरेका छौँ, कि- देशको अवस्था सामान्य नहुन्जेलसम्म कार्यक्रमका नयाँ एपिसोडहरू प्रसारण हुने छैनन् ।’

गत सोमबार र मंगलबार जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो ।

यही आन्दोलनको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

प्रदर्शनकारीले देशका महत्वपूर्ण सरकारी कार्यालयहरु जलाएका छन् । सोहीकारण अहिले मुलुकभर नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

जेनजीहरुको आन्दोलन सफल भएको छ । उनीहरु अहिले नेतृत्व चयनमा अल्झिरहेका छन् । उनीहरु आफ्नो नेतृत्वका सरकार बनाउन प्रयासरत छन् ।

प्रधानमन्त्रीका लागि उनीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई लगाडि बढाएका छन् । सुशीला राष्ट्रपति रामचन्द्र पौडेलसहित देशका शीर्ष नेतासँग संवादमा छिन् ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : ५८ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।