राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने « Khabarhub

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : ३९ बजे

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन