अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन « Khabarhub

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

गत हप्ताका दुःखद घटनापछि शान्ति पुनःस्थापना हुनु र समस्याको शान्तिपूर्ण समाधान हुनु सकारात्मक उपलब्धि भएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको राष्ट्रपतिसमेत रहेका रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानको प्रतिवद्धताप्रति सराहना गरेको छ ।

दूतावासले नेपाली सेनासँगै शान्ति बहालीमा प्रधान सेनापति अशोकराज सिग्देलको प्रशंसा गरेको छ । उसले नागरिक सरकारको शान्तिपूर्ण संक्रमणमा महत्त्वपूर्ण भूमिकाको पनि प्रशंसा गरेको छ ।

नयाँ निर्वाचनको तयारी भइरहेका बेला अन्तरिम सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : ३६ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३