विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने « Khabarhub

विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी नेपाली अभियानका संयोजक तथा जेन-जी आन्दोलनका अभियान्ता सुदन गुरुङ मन्त्री नबन्ने उनीनिकटहरूले बताएका छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदर ग्रहण गरेर तीन सदस्य मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकी थिइन्।

तर मन्त्री बन्नेहरूको नाममा विवाद हुँदा उनले मन्त्रिपरिषद् गठन गर्न सकेकी थिइनन् । मन्त्रीहरूको नाम टुङ्गो नलागेपछि कार्कीले आइतबार मात्रै पदभार ग्रहण गरेकी छन् ।

सुरुमा प्रधानमन्त्री नियुक्ति बनेपछि कार्कीले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका पूर्वकानुनी सल्लाहकार ओम प्रकाश अर्याल, जेनजीका तर्फबाट सुदन गुरुङलाई मन्त्री बनाउने चर्चा चलेको थियो ।

तर अर्याल र घिसिङको विषयमा विवाद नभए पनि गुरुङको नाममा समस्या भएको थियो।

गुरुङ क्यासिनो सञ्चालक, भारतीय युवा भएको, जेन-जी पुस्ताभन्दा उमेरले वरिष्ठ व्यक्ति भएको लगायत आरोप लगाएपछि उनी मन्त्रीको चहानाबाट पछि हटेको बताइन्छ।

यी आरोप आएपछि गुरुङ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर रोएका थिए। उनीले आफू नेपाल बचाउन र नेपाली जनताको भविष्य उज्ज्वल बनाउन आन्दोलन गरेको बताउँदै स्वार्थी समूहले मन्त्री बन्ने होडमा आन्दोलन गरेको बताएका छन् । नेपाली नागरिक समेत नरहेको आरोप लागेपछि आफूले मन थाम्न नसकेको उद्घोष गरेका थिए।

त्यहाँ उनले भनेका थिए, ‘म नेपाली नागरिक नै हुँ।’ त्यो बेला पनि गुरुङले आफू कुनै पनि मन्त्रालय नसम्हाल्ने र मन्त्री बन्ने होडमा नरहेको बताए ।

तर जेन-जी उनलाई मन्त्री बनाउने कुरा फाइनल भएको बताए पनि अहिले उनी मन्त्री नबन्ने स्थितिमा छन् ।

जेन-जी तथा गुरुङको पार्टनर रहेका अनिल बानियाँका अनुसार गुरुङले कुनै पनि मन्त्रालय सम्हाल्ने छैनन् ।

‘सुदन दाइ मन्त्री बन्नुहुन्न उहाँले आफू मन्त्री बन्न नसक्ने कुरा हामीलाई बताइरहनुभएको छ । हामिले उहाँलाई रिक्वेस्ट गरेको हो तर म जाँदिन भन्नुभयो’, बानियाले खबरहबसँग भने, ‘मैले नेपाली बचाउन र नेपाली जनताको मुहारमा हाँसो छर्न आन्दोलन गरेको हो । म मन्त्री बन्ने र स्वार्थमा हिँड्ने व्यक्ति होइन भन्नुहुन्छ । उहाँले एक्सपर्टलाई मन्त्रालयमा पठाएर नेपालीको सपना पूरा गर्नुपर्छ भनिरहनुभएको। “

यस्तै जेन-जी अर्का युवा आशिष तामाङ पनि गुरुङले आफू मन्त्री नबन्ने भन्दै प्रधानमन्त्रीलाई समेत सूचना दिइसकेको दाबी गर्छन् ।

बानिया र तामाङका अनुसार अहिले जेन-जी र प्रधानमन्त्री कार्की सम्भावित मन्त्रीबारे आन्तरिक छलफलमा छन् । गोरखाबाट नागरिकता बनाएका गुरुङ अहिले धरानमा व्यवसाय गर्छन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ०३ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता