जेन-जीको आन्दोलनमा षड्यन्त्र भयो, कडा छानबिन हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

जेन-जीको आन्दोलनमा षड्यन्त्र भयो, कडा छानबिन हुन्छ : प्रधानमन्त्री


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गत सोमबार र मंगलबार जेन-जीले गरेको आन्दोलनमा षड्यन्त्र भएको बताएकी छन् ।

आइतबार काठमाडौँमा पदभार सम्हाल्दै उनले सरकारका सम्पूर्ण संरचना र कागजपत्र जलाइएको भन्दै यो षड्यन्त्रपूर्वक भएको बताएकी हुन् । उनले आन्दोलनमा घुसपैठ भएको संकेत गर्दै कडा छानबिन हुनुपर्ने बताएकी हुन् ।

‘हामी शून्यमा पुगेका छौँ । पुराना फाइलहरू सबै नष्ट भएका छन् अत्यावश्यक संरचना सबै नष्ट भएका छन्। अत्यन्तै महत्त्वपूर्ण सामान नष्ट भएका छन्’, उनले भनिन्, ‘मलाई यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको भए यो कसरी गर्न सक्छ ? यो घटना देशमा पहिलो चोटी भएको हो । अनुहार देखाउन नहुने गरी भएका छन्, यो एउटा षड्यन्त्र हो, यसको अनुसन्धान हुन बाँकी छ।’

उनले नेपाली भएर राज्यको लागि अति आवश्यक कागजात कसरी नोक्सान गरे होलान् गरे होलान् भनेर प्रश्न गरेकी छन् ।

राज्यको लागि अति आवश्यक सरकारी कार्यालयलाई छानीछानी आक्रमण गरेको भन्दै यो षडयन्त्र भएको उनले बताइन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १२ बजे

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले