कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ | Khabarhub Khabarhub

कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । 

प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।
 
बालसुधार केन्द्र सराङकोटबाट फरार भएका चार तथा चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट फरार भएका एक/एक जना बन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डे जानकारी दिए । 

पक्राउ परेकामध्ये अधिकांशलाई मालढुङ्गा चेकपोष्ट र केहीलाई घरबाट नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेका केहीलाई सम्बन्धित कारागारमा पठाएको जनाउँदै प्रहरी नायब उपरीक्षक पाण्डेले केहीलाई बागलुङमा राखिएको बताए । 

उनका अनुसार पक्राउ परेका चार कैदी र चार जना थुनुवा छन् । उनले भने, ‘जेनजी प्रदर्शनका क्रममा कारागारबाट धेरै कैदीबन्दी फरार भएका छन्, फरार भएकाहरूलाई बागलुङबाट पनि पक्राउ गरिरहेका छौँ, अहिले पक्राउ परेका आठमध्ये छ जना जबरजस्ती करणी र दुई जना ज्यान मुद्दाका आरोपी हुन्, निजहरूलाई सम्बन्धित कारागारमा पठाइरहेका छौँ ।’ रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ५३ बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।