असोज ३ बाट ‘जारी २’ सर्ने पक्का, उपेन्द्र भन्छन्- दशैँ वा तिहार पुग्छ | Khabarhub Khabarhub

असोज ३ बाट ‘जारी २’ सर्ने पक्का, उपेन्द्र भन्छन्- दशैँ वा तिहार पुग्छ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी आन्दोलनले देशमा नयाँ परिस्थिति विकास गरेका कारण फिल्म ‘जारी २’ पूर्वनिर्धारित मिति असोज ३ मा प्रदर्शनमा नआउने भएको छ ।

असोज ३ आउन पाँच दिन बाँकी छ । भदौ २४ मा यसको ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । आन्दोलनकै कारण ट्रेलर रिलिज पनि स्थगित भएको थियो ।

फिल्मका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले खबरहबको जिज्ञासामा पूर्व निर्धारित मितिमै प्रदर्शनमा ल्याउन नसकिने बताए ।

देश शोकमा रहेको र असामान्य परिस्थिति विकास भएको अवस्थामा मानवीय संवेदनाको ख्याल गरी फिल्मको प्रदर्शन मिति हेरफेर गर्ने मनस्थितिमा आफू रहेको उनले बताए ।

भने, ‘कसरी यो अवस्थामा फिल्म ल्याउनु रु देशको अवस्था यो छ । आन्दोलनका कारण यति धेरै व्यक्तिले ज्यान गुमाउनु भएको छ । यति त मानवीय संवेदना ख्याल गर्नुपर्‍यो नि ।’

दशैँ वा तिहार लक्षित गरी फिल्म प्रदर्शनमा आउने सम्भावना भने उच्च रहेको उनले खुलाए ।

भने, ‘टिमसँग छलफल त हुन पाएको छैन । तर, दशैँ वा तिहारको उपयुक्त मिति खोजेर हामी दर्शकसँग भेट गर्ने सम्भावना उच्च छ ।’

जेन–जी आन्दोलन हिंसाको रुप लिएपछि अहिले सरकार अन्तिरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा छ । यही आन्दोलनका कारण देशभरका फिल्म हलहरु पनि ठप्प छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ५५ बजे

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम