सोमबारदेखि फिल्म हल खुलाउने तयारी | Khabarhub Khabarhub

सोमबारदेखि फिल्म हल खुलाउने तयारी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः सञ्चालनमा ल्याउन चलचित्र संघले छलफल थालेको छ ।

संघका महासचिव सुरेन्द्र थापाका अनुुसार अहिले पदाधिकारीहरुबीच छलफल भइरहेको छ ।

विशालनगरमा जारी वैठकमा हलहरु केही कडाइका साथ सोमबारदेखि सञ्चालनमा ल्याउने कुरामा सहमति जुटेको छ ।
रातिको १० बजे अगावै हलबन्द गर्ने सर्त लागु हुने उनले बताए ।

उनले भने, ‘दर्शक र हलकै सुरक्षाका कारण धेरै रातिसम्मको शो हटाउने निर्णय भएको हो ।’

अबको केही समयमै संघले विज्ञप्तिसमेत जारी गर्ने उनले बताए ।

संघका अनुसार भदौ २४ को प्रदर्शनमले देशभरका चार हलमा क्षति पुगेको छ । गोंगबुको आईएनआई, भक्तपुरको क्यूएफएक्स, विराटनगरको क्यूएफएक्स र वुटवलको क्यूएफएक्समा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ३ : १३ बजे

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा

विदेशमा रहेकालाई मतदान गर्न दिनेबारे विज्ञसँग सरकारको छलफल

काठमाडौँ- आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताको मताधिका सुरक्षित गर्ने

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको