कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌ « Khabarhub

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै जेन-जी प्रदर्शनका क्रममा लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्ड दिन माग गरेको छ ।

सङ्गठनले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक आन्दोलनका नाममा भएका यस प्रकारको विध्वंशको कडा रूपमा निन्दा गर्दै नवगठित सरकारलाई सत्य तथ्य छानबिन गरी दोषीलाई दण्डित गर्न माग राखेको हो ।

‘आन्दोलनको क्रममा मुलुकले अकल्पनिय क्षति व्यहोरेको छ । मुलुकभरका सरकारी संरचनाहरुलाई ध्वस्त पारिएको छ । निजी क्षेत्रका कयौँ उद्योग व्यवसाय तथा निजी आवासहरूमा लक्षित गरी लुटपाट, आगजनी तथा विध्वंस गरिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीको दूरदर्शी नेतृत्वमा मुलुकले विधिको शासन, शान्ति, सुशासन र समावेशी आर्थिक औद्योगिक विकासको दिशामा सार्थकता पाउने विश्वास पनि सङ्गठनले व्यक्त गरेको छ ।

सङ्गठनले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाएकाप्रति श्रद्धान्जलि अर्पण गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारजनप्रति समवेदना जनाएको छ ।

निजी क्षेत्र नेपालको आर्थिक रूपान्तरणको मेरुदण्ड भएकाले आर्थिक समृद्धिको यात्रामा जेन-जी आन्दोलनले देखाएको भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणको मार्गदर्शनलाई आत्मसात गर्दै युवाहरूको अपेक्षा अनुसार समावेशी, न्यायपूर्ण र दिगो आर्थिक प्रणाली निर्माण गर्नु सबैको साझा कर्तव्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ३३ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक