तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी « Khabarhub

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गत मंगलबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडीहरू तोडफोड भएका, कार्यालयका उपकरण ताथ समानहरू चोरी भएका बताउँदै बाँकी क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । 

‘सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि सहरी विकास मन्त्रालय भने जोगिएको छ, तर यहाँका समानहरू चोरी भएका छन् । गाडी जलेर सबै नष्ट भएका छन् । हामी कार्यालयसम्म पैदल हिँडेर आएका हौँ’, उनले भने, ‘मन्त्रालयले तीन दिनभित्र क्षतिको विवरण निकाल्नेछ । आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अगाडि बढ्ने भन्ने तयारी पनि गरिरहेका छौँ ।’

सचिव सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन् । अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा अन्योल रहेको उनको भनाइ छ ।

‘मन्त्री क्वाटरसहित मन्त्रालयद्वारा निर्माण सम्पन्न भएका भवनहरूको पनि के कति क्षति भएको छ, सङ्कलन गर्नेछौँ । आज भने हामी कसरी अगाडि बढ्ने छलफल गर्ने, सरसफाइ गर्नेलगायत कार्य गरेका छौँ’, उनले भने । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : ४४ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन