मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने | Khabarhub Khabarhub

मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कन गरेर छिट्टै सेवा प्रवाह थाल्ने निर्णय गरेको छ ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको विवरण सङ्कलन गरी रकम यकिन गर्ने, त्यसको मुचुल्का तयार गर्ने र सकेसम्म चाँडै सेवा प्रवाह गर्न व्यवस्था मिलाइने जानकारी दिए । सेवा दिन नसकिने अवस्थामा भने सेवाग्राहीलाई तुरुन्त जानकारी गराइने पनि उनले बताए ।

जिल्ला प्रशासन, मालपोत तथा नापी कार्यालय सञ्चालन नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिन भनिएको छ । जनजीवन सामान्य अवस्थामा फर्कन सहयोग पुग्ने गरी निरन्तर समन्वय र सञ्चार गर्ने विषयमा पनि बैठकमा छलफल भएको प्रजिअ यादवले जानकारी दिए ।

बैठकमा सहभागी कार्यालय प्रमुखहरूले कामलाई सहज बनाउन आजैदेखि काम थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा क्षतिग्रस्त भए पनि बाँकी रहेका सटरहरूबाट सेवा दिन सुरु गरिएको प्रजिअ यादवले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ०१ बजे

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम