मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने « Khabarhub

मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कन गरेर छिट्टै सेवा प्रवाह थाल्ने निर्णय गरेको छ ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको विवरण सङ्कलन गरी रकम यकिन गर्ने, त्यसको मुचुल्का तयार गर्ने र सकेसम्म चाँडै सेवा प्रवाह गर्न व्यवस्था मिलाइने जानकारी दिए । सेवा दिन नसकिने अवस्थामा भने सेवाग्राहीलाई तुरुन्त जानकारी गराइने पनि उनले बताए ।

जिल्ला प्रशासन, मालपोत तथा नापी कार्यालय सञ्चालन नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिन भनिएको छ । जनजीवन सामान्य अवस्थामा फर्कन सहयोग पुग्ने गरी निरन्तर समन्वय र सञ्चार गर्ने विषयमा पनि बैठकमा छलफल भएको प्रजिअ यादवले जानकारी दिए ।

बैठकमा सहभागी कार्यालय प्रमुखहरूले कामलाई सहज बनाउन आजैदेखि काम थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा क्षतिग्रस्त भए पनि बाँकी रहेका सटरहरूबाट सेवा दिन सुरु गरिएको प्रजिअ यादवले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ०१ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन