गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो « Khabarhub

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि उदयपुरको सदरमुकाम गाईघाटको अवस्था सामान्य बन्दै गएको छ भने अहिले तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ ।

उपभोक्ताहरु भन्छन्, “भदौ २३ गतेभन्दा अघिको सब्जीको मूल्य र अहिले आन्दोलनपछि सेनाको निषेधाज्ञा हटेपछी तरकारीको मूल्य वृद्धि भएको छ ।”

त्रियुगा नगरपालिका–११ शान्तिनगरकी गोमा कार्कीका अनुसार आन्दोलन र निषेधाज्ञापछि अहिले उपभोक्ताले सबैभन्दा बढी समस्या तरकारीको मूल्यमा झेल्न परिरहेको कार्कीले बताइन् । आन्दोलनअघि सम्म प्रतिकिलो रु ४० देखि रु ५० मा पाइने फर्सी र करेला तथा रु ८० देखि रु १०० मा प्रतिकिलोमा पाइने खुर्सानीको दोब्बरले मूल्य वृद्धि बढेको सन्जीता खत्रीको गुनासो छ ।

यसैगरी, आलु, काँक्रा, गाजर, खुर्सानी, टमाटर, मूलाको मूल्य दोब्बरले वृद्धि भएको कारण अहिले उपभोक्ताले किनेर खान झनै समस्या हुन थालेको गाईघाट सुनगाभाटोलका भोला कार्कीले बताइन्।

आजदेखि सदरमुकाम गाईघाट बजारमा सरकारी कार्यालय खुलेका र जनजीवन सामान्य बन्दै गए पनि हरियो तरकारी तथा सब्जीको मूल्य दोब्बरले वृद्धि भएको कारण उपभोक्ता मारमा पर्नु परेको उपभोक्ताको गुनासो छ ।

उदयपुरमा तरकारी कम उत्पादन हुने गरेका कारण जिल्लाबाहिर सप्तरी, सिरहा, धनुषा र सुनसरीबाट तरकारी व्यापारीले आपूर्ति गरेर बिक्री गर्ने गरेका र आन्दोलन तथा निषेधाज्ञाको समयमा बाहिरबाट र जिल्लाभित्रबाट समेत गाउँघरका तरकारी खरिद गर्न नसकिएका कारण सामान्य मूल्य वृद्धि भएको व्यापारी बताउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई