एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित | Khabarhub Khabarhub

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ। आइतबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको जित निकालेको हो।

टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य भारतले मात्र २५ बल बाँकी हुँदै १५.५ ओभरमा भेट्टाएको हो। भारतले उक्त लक्ष्य भेट्न मात्र तीन विकेट गुमाएको थियो।

भारतविरुद्ध पाकिस्तानको सुरुआत नै खराब भयो। दुई ओभरमा ६ रनमा २ विकेट गुमाएपछि दबाबमा परेको पाकिस्तानलाई शाहिबजादा फारहानले सम्हालेका थिए। उनले ४४ बलमा ४० रन बनाउँदा र फखर जमनले १५ बलमा १७ रन जोडे।
पूरै २० ओभर खेलेको पाकिस्तान ९ विकेटको क्षतिमा १२७ रनमा समेटिएको हो।

पाकिस्तानलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले चार ओभर बलिङ गर्दा तीन विकेट हात पारे। उनले मात्र १८ रन खर्चिए। जसप्रित बुम्राह र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको भारतका लागि कप्तान सूर्यकुमार यादवले नटआउट ३७ बलमा ४७ रन जोड्दा ओपनर अभिषेक शर्माले मात्र १३ बलमा ३१ रन बनाए। उनको पारीमा दुई छक्का र चार चौका समावेश थियो। उसका लागि तिलक बर्मालेसमेत ३१ रन जोडे।

भारतलाई रोक्न पाकिस्तानका लागि साइम अयुबले एक्लै तीन विकेट हात पारे। पाकिस्तानका अन्य कुनै पनि बलर चलेनन्।
यो जितसँगै भारत समूह ‘ए’को तालिकामा चार अंकसहित शीर्ष स्थानमा छ। भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो। दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ०० बजे

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।