दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी | Khabarhub Khabarhub

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन्।

दोहामा इजरायलले हमासका नेताहरूमाथि अभूतपूर्व हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित तयारी बैठकमा उनले यस्तो बताएका हुन्।

“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्ने र इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको छ,” उनले भनेका छन्।

प्रधानमन्त्री थानीले भने, “इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न सक्ने छैन।”

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरुको सोमबारको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताए।

सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल-सुडानी पनि सहभागी हुनेछन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा आइतबार दोहा पुगेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन्।

साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हप्ताको सुरुमा छिमेकीको ऐक्यबद्धताको प्रदर्शनका लागि कतारको भ्रमण गरे पनि उपस्थित हुने बताइएको छ।

यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँगै इजरायल–हमास युद्धमा मध्यस्थताको महत्त्वपूर्ण भूमिका खेलेको छ।

शिखर सम्मेलनले इजरायल र हमासबीचको युद्धमा ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारण’ र ‘स्पष्ट र विशिष्ट उपायहरू’ अगाडि ल्याउने आशा गरेको सन् २०२३ अक्टोबरमा इजरायलमा आक्रमण गरेको प्यालेष्टिनी लडाकू समूह हमासका पोलिटब्युरो सदस्य बासेम नईमले बताएका छन्। रासस/एएफपी

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : १० बजे

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो