झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन  « Khabarhub

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ ।

कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेन–जीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको छ । कम्पनीको आईपीओमा सोमबारसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितलाई तीन लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर बिक्री गरेको छ ।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म बिक्री खुला गरिएको थियो । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : ०४ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन