झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन  « Khabarhub

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ ।

कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेन–जीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको छ । कम्पनीको आईपीओमा सोमबारसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितलाई तीन लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर बिक्री गरेको छ ।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म बिक्री खुला गरिएको थियो । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना