नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै | Khabarhub Khabarhub

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ ।

खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा ल्यापटपलगायत सामग्री फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

‘केही साना सामान प्रहरी कार्यालयमा पनि बुझाएका छन्, केही हामी आफैँ खोजी गरिरहेका छौँ,’ उनले भने। यसअघि जिल्ला प्रहरी कार्यालय, बाँकेले सूचना जारी गर्दै जेनजी आन्दालनका क्रममा सवारीसाधन, दस्तावेज वा अन्य कुनै सामग्री नियन्त्रणमा लिएको वा कतै फेला पारेको थाहा भए प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै मुद्दा फाँटसँग सम्बन्धित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । प्रशासन कार्यालयले भौतिक जिन्सीलगायत समस्त व्यवस्थापकीय सामग्री नष्ट भएकाले अन्य सेवा क्रमशः सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको लुटपाट र चोरी गरेर लगेका मेसिनरी औजारलगायत जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले सूचना जारी गर्दै त्यस्तो गतिविधिमा संलग्न रहेकाको भिडियो, फुटेज र फोटा कार्यालय र अनुसन्धान गर्ने निकायमा आउन लागेको बताए । उनले लुटपाट गरिएका कतिपय सामग्री बजारमा बेचबिखन भएको समेत सूचना आउन थालेको जानकारी दिँदै लुटपाट भएका सामग्रीको खरिद–बिक्री नगर्न र नगराउन अुनरोध गरे। उपमहानगरपालिकासहित मातहतका वडा कार्यालयमा पनि आगजनी हुनका साथसाथै लुटपाट भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपाल भारत जमुनाह, रुपैडिया सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए । उनले अहिले सीमा क्षेत्रमा आवतजावत गर्न कुनै समस्या नभएको औँल्याउँदै भारतबाट दसैँ मनाउन आउने नेपाली निर्बाध आइरहेको बताए।

प्रहरी निरीक्षक बुढाथोकीले भारतबाट आउने नेपालीलाई किनमेल गरेर आउन राजस्व काउन्टर नभएकाले केही अप्ठेरो भएको उल्लेख गर्दै भन्सारले त्यसका लागि काम गरिरहेको बताए। जेनजी आन्दोलनका क्रममा सीमा क्षेत्रमा रहेका भन्सार काउन्टरमा आगजनी भएकाले त्यहाँ रहेका कम्प्युटरलगायत सामग्री जलेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : ५९ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए