पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख  « Khabarhub

पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको साङ्घातिक आक्रमणमा परी घाइते भएका देउवाको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ । 

सभापति देउवाको स्वास्थ्य अवस्थाबारे कांग्रेसका नेता–कार्यकर्ताहरूमा चासो र चिन्ता देखिन्छ । सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । 

‘सभापतिको स्वास्थ्य अहिले फास्ट रिकभरी भइराखेको छ । बोल्ने, खाने गर्नुहुन्छ,’ विश्वकर्माले खबरहबसँग भने, ‘सिकिस्त अवस्थाबाट खतरामुक्त हुनुहुन्छ । चाँडै निको हुनुहन्छ भन्नेमा हामी आशावादी छौँ ।’ 

प्रचार विभाग प्रमुख विश्वकर्माले प्रदर्शनकारीको आक्रमणबाट सभापति देउवाको टाउकोमा चोट लागेको पनि बताए । सामाजिक सञ्जालमा देखिने भिडियोमा देखिएको रगत उनको टाउकोबाट बगेको उनको भनाइ छ ।  

‘उहाँको टाउकोको पछाडि चोट लागेको थियो । त्यही भएर अलि खतरा भनिएको थियो,’ विश्वकर्माले भने, ‘अरू शरीरमा पनि चोटपटक छ । रगत बगेको टाउकोबाट हो ।’ 

उनले निवर्तमान परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको जानकारी दिए । ‘उहाँलाई सामान्य चोटपटक छ । उहाँको पनि अवस्था सुधार हुँदैछ,’ नेता विश्वकर्माले भने ।  

तर, कांग्रेसले देउवा दम्पती उपचाररत अस्पतालको नाम भने गोप्य राखेको छ । ‘उपचाररत अस्पताल नखुलाउने नै भन्ने छ । किन भने पार्टीका साथीहरू नआउनू भने पनि पुगिदिहाल्नु हुन्छ,’ विश्वकर्माको भनाइ छ, ‘भीडभाड हुन्छ । भीडभाड हुन थालेपछि विभिन्न समस्याहरू हुन सक्छ । त्यही भएर नखुलाएको हौँ ।’ 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : ५६ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक