पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख  « Khabarhub

पूर्वप्रधानमन्त्री देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको साङ्घातिक आक्रमणमा परी घाइते भएका देउवाको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ । 

सभापति देउवाको स्वास्थ्य अवस्थाबारे कांग्रेसका नेता–कार्यकर्ताहरूमा चासो र चिन्ता देखिन्छ । सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । 

‘सभापतिको स्वास्थ्य अहिले फास्ट रिकभरी भइराखेको छ । बोल्ने, खाने गर्नुहुन्छ,’ विश्वकर्माले खबरहबसँग भने, ‘सिकिस्त अवस्थाबाट खतरामुक्त हुनुहुन्छ । चाँडै निको हुनुहन्छ भन्नेमा हामी आशावादी छौँ ।’ 

प्रचार विभाग प्रमुख विश्वकर्माले प्रदर्शनकारीको आक्रमणबाट सभापति देउवाको टाउकोमा चोट लागेको पनि बताए । सामाजिक सञ्जालमा देखिने भिडियोमा देखिएको रगत उनको टाउकोबाट बगेको उनको भनाइ छ ।  

‘उहाँको टाउकोको पछाडि चोट लागेको थियो । त्यही भएर अलि खतरा भनिएको थियो,’ विश्वकर्माले भने, ‘अरू शरीरमा पनि चोटपटक छ । रगत बगेको टाउकोबाट हो ।’ 

उनले निवर्तमान परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य डा। आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको जानकारी दिए । ‘उहाँलाई सामान्य चोटपटक छ । उहाँको पनि अवस्था सुधार हुँदैछ,’ नेता विश्वकर्माले भने ।  

तर, कांग्रेसले देउवा दम्पती उपचाररत अस्पतालको नाम भने गोप्य राखेको छ । ‘उपचाररत अस्पताल नखुलाउने नै भन्ने छ । किन भने पार्टीका साथीहरू नआउनू भने पनि पुगिदिहाल्नु हुन्छ,’ विश्वकर्माको भनाइ छ, ‘भीडभाड हुन्छ । भीडभाड हुन थालेपछि विभिन्न समस्याहरू हुन सक्छ । त्यही भएर नखुलाएको हौँ ।’ 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : ५६ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान