नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न | Khabarhub Khabarhub

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बधाई दिएका छन् । उनले बधाईसँगै पारदर्शिता र जवाफदेहिताको पनि सार्वजनिक प्रश्न उठाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत पूर्व-अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनेकोमा शुभकामना दिएका छन्। तर, उनले खनालले मन्त्री बनेर ‘क्वाटर नलिने, गाडी नलिने, तलब नलिने’ भन्ने घोषणा गरेको विषयमा प्रश्न गर्दै भनेका छन्, ‘यसको अर्थ के तपाईंसँग पहिले नै पर्याप्त निजी सम्पत्ति छ? अर्थसचिव हुँदा परिवारका नाममा भएको सम्पत्तिबारे छानबिनको लागि तयार हुनुहुन्छ?’

बस्नेतले कुलमान घिसिङलाई पनि ऊर्जा मन्त्रीको जिम्मेवारीमा नियुक्त भएकोमा बधाई दिँदै उनका परिवारका नाममा देखिएका ठेक्का र आपूर्ति व्यवसायबारे पारदर्शी बनाउन छानबिन गर्नुपर्ने बताएका छन्। उनले विद्युत् प्राधिकरण प्रमुख हुँदा उठेका ठेक्का र खरिदसम्बन्धी प्रश्नहरूको छानबिन आफैँबाट सुरु गर्न आग्रह गरे।

बस्नेतले कानुन व्यवसायी ओमप्रकाश अर्यालको पृष्ठभूमिबारे समेत प्रश्न उठाएका छन्। उनले राष्ट्रिय जनावर मानिएको अवस्थामा गाई काटेर खान पाउनुपर्छ भनेर सर्वोच्चमा मुद्दा हाल्ने व्यक्तिले धार्मिक संवेदनशीलतालाई असर पार्न सक्ने बताएका छन्।

बस्नेतले समग्रमा नयाँ सरकार र नेतृत्वले भ्रष्टाचार र नेपोटिजमविरुद्ध सच्चा परिवर्तन देखाउन चाहन्छ भने आफ्नै निकटवर्तीदेखि छानबिन र जवाफदेहिता देखाउने साहस गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ३० बजे

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार