मौसमसँगै रंग बदल्ने अचम्मको नदी (फोटो फिचर) « Khabarhub

मौसमसँगै रंग बदल्ने अचम्मको नदी (फोटो फिचर)


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पानीको कुनै रंग र आकार हुँदैन । जुन रंगको भाँडामो राख्यो त्यस्तै आकार लिन्छ । पारदर्शी भाँडो राखिएको छ भने जुन रंगको भाँडो छ पानीको रंग पनि त्यस्तै देखिएला ।

बगिरहने पानीको रंग समयक्रमसँगै परिवर्तन भइरहन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता हो । कोलम्बियाको कानो क्रिस्टल नदी मौसम अनुसार रंग बदलिरहन्छ ।

यो नदीको विषेशता के छ भने जब मौसम परिवर्तन हुन्छ तब नदीले रंग फेर्न थाल्छ । यो नदी रातो, हरियो, नौरंगी, पहेँलो आदि हुन्छ । त्यसैले यो नदीलाई ‘लिक्वीड रेन्बो’ पनि भनिन्छ ।

सन् २००० भन्दा पहिले यहाँ हिंस्रक गतिविधिका केही गुट रहने गर्थे । जसका कारण नदीका आसपासको इलाका सुरक्षित थिएन । तर अहिले यसको ३० किलोमिटरको क्षेत्रमा कोलम्बियाको अधिकारमा चल्छ । यहाँ अहिले आरामले घुम्न सकिन्छ । 

केहीले यो नदी देखेर निकै नै अचम्म मान्ने गर्छन् । खास मौसममा सूर्यको प्रकाश र पानीको सीमासँगै यसले रंग बदल्ने गर्छ । जनवरीदेखि मे महिनासम्म यहाँ पर्यटकलाई जान निषेध गरिएको हुन्छ । किनकी यहाँ अत्याधिक गर्मी हुने गर्छ । यो नदीको रंग धेरैजसो हल्का या गाढा गुलाफी हुने गर्छ । तर कहिलेकाहीं नीलो, पहेँलो, नौरंगी र हरियो पनि हुने गर्छ ।

यो नदी हेर्न संसारभरका मान्छे त्यहाँ पुग्ने गर्छन् । प्रकृतिलाई बचाइराख्नका लागि यहाँ केही नियम भने बनाइएको छ । यो क्षेत्रमा सात भन्दा बढीको ग्रुप भएर जान पाइँदैन । यस क्षेत्रमा एक दिनमा दुईसय भन्दा धेरै पर्यटक जान नपाइने व्यवस्था छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै