राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै | Khabarhub Khabarhub

राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा आज आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदैछन् । 

करिब ६० करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको छ । यसअघि सेप्टेम्बर १० मा नै आर्थिक अपराध अनुसन्धान शाखाले उनलाई बयानका लागि बोलाएको थियो तर उनका वकिलहरूले व्यक्तिगत कारण देखाउँदै समय मागेका थिए। त्यसपछि एजेन्सीले सेप्टेम्बर १५ मा अनिवार्य रूपमा उपस्थित हुन आदेश दिएको हो ।

राज र शिल्पाको हालसालैको यात्रासम्बन्धी विवरण संकलन गरेपछि आर्थिक अपराध अनुसन्धान शाखाले दुवै विरुद्ध लुकआउट नोटिस समेत जारी गरिसकेको छ ।

जुहु व्यवसायीको आरोप : लगानीका नाममा ठगी

यो मुद्दा सन् २०२५ को अगस्ट महिनामा सुरु भएको हो । जुहु निवासी तथा लोटस क्यापिटल फाइनान्सियल सर्भिसेस का निर्देशक दीपक कोठारीले जुहु प्रहरी चौकीमा उजुरी दर्ता गरेका थिए । 

उजुरीमा उनले राज कुन्द्रा र शिल्पा शेट्टीले बेस्ट डिल टिभी प्रालिमा लगानी गर्ने बहानामा करोडौँ रुपैयाँ लिएको तर कुनै प्रतिफल नदिएको दाबी गरेका छन् । बरु, उक्त रकम उनीहरूले आफ्नै व्यक्तिगत खर्चमा प्रयोग गरेको कोठारीको आरोप छ ।

दीपकका अनुसार, सन् २०१५ मा राज र शिल्पा स्वयं उनलाई भेट्न आएका थिए । त्यतिबेला उनले बेस्ट डिल टिभी का लागि ऋण माग्दै वार्षिक १२ प्रतिशत ब्याज दिने बाचा  गरेका थिए । पछि, सो ऋणलाई नै लगानीमा रूपान्तरण गर्न आग्रह गरिएको थियो । तर, वर्षौंसम्म लगानी रकम फिर्ता भएन । यसैले उनले राज र शिल्पाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

राज कुन्द्राको प्रतिक्रिया

राज कुन्द्राले भने यी सबै आरोपलाई अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘सत्य चाँडै बाहिर आउनेछ, मैले कुनै गल्ती गरेको छैन ।’

अब सबैको ध्यान राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा बयान दिन गएपछि आउने विवरणतर्फ केन्द्रित भएको छ। विवादसँगै राज कुन्द्रा आफ्नो व्यावसायिक र फिल्मी प्रमोशनमा पनि सक्रिय देखिएका छन् । हालै उनी आफ्नो पहिलो पंजाबी फिल्म मेहर को प्रमोशनका लागि दिल्ली पुगेका थिए ।

अहिले राज कुन्द्राको बयानपछि आर्थिक अपराध अनुसन्धान शाखाबाट आउने खुलासाले शिल्पा–राज दम्पतीको भविष्य कस्तो मोड लिन्छ भन्नेबारे सबैको नजर केन्द्रित छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ४६ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड