धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन « Khabarhub

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन् । सेवाग्राहीहरू पनि कार्यालयहरूमा आउन थालेका छन् ।

साथै यहाँका बैंक तथा वित्तीय संस्थाहरू पनि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरधामले सरकारी कार्यालयहरूलाई नियमित सेवा प्रवाह गर्न लिखित सूचना जारी गरेपछि  कार्यालयहरू सरसफाइ गरी खुल्न थालेका हुन् ।
 
यहाँका कतिपय कार्यालयहरू पूर्ण रूपमा जलेर नष्ट भएकाले सञ्चालनमा आउन सकेका छैनन् । त्यहाँको कम्प्युटर, इन्टरनेट, ल्यापटप, दराज, कागजपत्र, महत्त्वपूर्ण फाइल, रेकर्डहरू तथा सिसा, कुर्सी, टेबल, झ्यालढोका तथा कोठाहरू नष्ट भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको तथा त्यहाँ सेवा प्रवाह गर्ने वातावरण नभएको नगरप्रमुख मजोज साहले बताए। आगो लागेका धेरै कार्यालयहरूको उक्त समस्या भएको उनले जानकारी दिए ।

साथै आ–आफ्नो कार्यालयको क्षति विवरण संकलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोधसमेत गरेको सूचनामा उल्लेख गरिएको छ । सो सूचनाका आधारमा क्षतिको विवरण  तथा  प्रहरीबाट मुचुल्का उठाउने  कार्य भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालयको सबै सेवा आजदेखि सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने  सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयहरूमा कुनै अप्रिय घटना वा उच्छृङ्खल गतिविधि हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा  सुरक्षार्थ खटिएका छन् । 

जेन-जीको आन्दोलनमा करिब दुई दर्जनभन्दा वढी सरकारी तथा सार्वजनिक तथा राजनीतिक दलका नेता तथा पार्टीको कार्यालयहरूमा आगजनी तथा  तोडफोड भएको छ । 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : ३६ बजे

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै