मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे « Khabarhub

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नै संलग्न रहेको खुलेको छ।

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मेयर आचार्यको घरमा गत मंगलबार जेन-जी समूहको नाममा तोडफोड र आगजानी भएको थियो ।

मेयर आचार्यको घर तोडफोड र आगजनीमा रास्वपा पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापासमेत प्रत्यक्ष संलग्न रहेको खुलेको छ।

तोडफोडपछि अहिले भाइरल भइरहेका भिडियोमा सभापति थापाले आचार्यको घरभित्र पसेर सामान जलाइएका देख्न सकिन्छ ।

मेयर आचार्यको घर जलाइरहेको भेटिएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले थापालाई निलम्बन गरेको छ । आयोगका प्रमुख योगेन्द्र केसीले पार्टी आचारसंहिताविपरीत अवाञ्छित गतिविधि गरेकाले थापाको सबै जिम्मेवारी खोसिएको बताएका छन् ।

उता रास्वपाबाट निलम्बित थापाले गल्ती स्वीकारेका छन् । उनले कारबाहीपछि फेसबुकमा लेख्दै उत्तेजित भीडको पछि लागेर केही गलत गरेको स्वीकारेका हुन् ।

उनले मेयर आचार्यको घरमा संयोगले पुगेको बेला घरभित्रका सामान बाहिर निकालेर जलाउन सुझाएको पनि बताएका छन् । उनले छिमेकी घर पनि जल्ने भएकाले आचार्यको घरका सामाना बाहिर ल्याएर आगो लगाउने ठाउँमा फ्याँकेको जिकिर गरेका छन् ।

उनले दोषी ठहर भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। उता मेयर आचार्यले भिडियोअनुसार आफ्नो र महानगर कार्यालय दुवै जलाउन रास्वपा कार्यकर्ता खटिएको बताएका छन् ।

मेयर आचार्यका अनुसार घरका कागजपत्र, तस्बिर र ४ हजार किताब जलेका छन् । जेन-जी आन्दोलन हुनु पहिले नै आचार्य दुबईमा थिए । मेयर आचार्यले आफ्नो घर घुसपैठियाले जनाएको बताएका छन् । उनले मेयर हुँदा कुनै बदमासी नगरेको बताएका छन् ।

उता कास्कीकै मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई पनि निलम्बन गरेको छ । उनले पनि मेयर आचार्यको घरसहित महानगरको कार्यालयमा आगो लगाएको खुलेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ५ : २८ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन