‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’ « Khabarhub

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जनाएको छ ।  

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले युवाहरूको आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भए पनि ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जानकारी दिए ।

सडकका डिभाइडर, ट्राफिक बत्ती, सिसिटिभीमा समेत क्षति पुगेको उनले बताए । उनले तत्कालका लागि सवारी आवागमनमा समस्या हुने देखिएका कारण पहिले भन्दा बढी संख्यामा ट्राफिक प्रहरी खटाइएको उल्लेख गरे । अधिकारीले सवारी चालकहरूले ट्राफिक नियम पालना गरे थप सहज हुने जिकिर गरे । 

आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुनुका साथै बाहिर रहेका सवारी साधन समेत जलेर ध्वस्त भएका छन् । 

अहिले सोही स्थानमा सरसफाइ गरेर सीमित ठाउँबाट काम भइरहेको  कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ३० बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक