सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी | Khabarhub Khabarhub

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ । एक साता अघिसम्म सुन्दर फूलहरुको बिचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन् । 

आज ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उनका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे । ‘मन आत्तियो, हेर्नै नसकिने गरी खरानी बनाएछन्,’ गौतमले भने, ‘देशको सम्पत्ति जलाएर के पाए?’

जनताको करले बनेको सिंहदरबार जलगाउने कस्ता जनता होलान् भन्ने गुनासो राईको छ । प्रधानमन्त्री कार्यालयको छेवैको ऊर्जा मन्त्रालय पनि खण्डहर बनेको छ । ‘तस्बिर सधैँ रमाइलोका लागि मात्रै खिचिँदो रहेनछ,’ प्रधानमन्त्री कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ‘सम्झनाका रूपमा फोटो खिचेकी छु ।’

सबैभन्दा बढी क्षति भएको मध्येको हो गृह मन्त्रालय । ३१ वर्षदेखि निरन्तर गृहमन्त्रालयमै कार्यरत कर्मचारी केदार घिमिरेका अनुसार खरानी भएको कार्यालय देख्दा मन पोल्यो । उनले भने, ‘मलाई त बेघर भएजस्तो लागेको छ । खरानीबाहेक केही छैन ।’

जेन्जी आन्दोलनका क्रममा जलेर भग्नावशेष भएको गृहमन्त्रालय अहिले पुरानो परराष्ट्र मन्त्रालयको शाखामा सारिएको छ । साँघुरो भए पनि त्यहीँबाट सेवा विस्तार गर्ने विपत् तथा व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोविन्द रिजालले जानकारी दिए । 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ५५ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा