मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन « Khabarhub

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । 

शाखा कार्यालय मार्तडी र कोल्टी शाखा कार्यालयले चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत पसल सञ्चालन गरेको जिल्ला शाखा प्रमुख उमेश भण्डारीले जानकारी दिए । सरकारले भदौ ३० गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने नीतिअनुसार यहाँ पनि त्यसलाई कार्यान्वयन गरिएको उनले बताए। 

यहाँ अन्य समयमा बिक्री गर्दै आएको दररेटभन्दा प्रतिकेजी रु पाँचका दरले चामल र चिनीको मूल्य घटाइएको छ । जिल्लाभरि तीन हजार ५०० क्विन्टल चामल बिक्री अनुमति दिएकाले कोल्टीमा एक हजार र मार्तडीमा एक हजार क्विन्टल चामल एक महिनासम्म बिक्री हुने शाखा प्रमुख भण्डारीको भनाइ छ । 

हिमाली गाउँपालिकाको धुलाचौर, बिच्छ्या, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन र गौमुल गाउँपालिकाको घटनामा पनि सहुलियत पसल सञ्चालन हुने जनाइएको छ ।  

मार्तडीमा चार हजार ८८७ क्विन्टल चामल र १५ क्विन्टल चिनी तथा कोल्टीमा तीन हजार ४२८ क्विन्टल चामल मौज्दात रहेको छ । 
 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ५४ बजे

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती